Ipo.aspx merolagani - सपोर्ट खोज्दै प्रोग्रेशिभ फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

सपोर्ट खोज्दै प्रोग्रेशिभ फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

Jan 20, 2024 06:29 PM Merolagani

यस साता फाइनान्स उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। गत साता १८२९.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५५.४१ अंक घटेर १७७४.०४ विन्दुमा पुगेको छ।

सोही उपसमूहका कम्पनीहरुमध्ये एक कम्पनी हो, प्रोग्रेसिभ फाइनान्स लिमिटेड (PROFL) ।

यस साता फाइनान्सको शेयरमूल्य ८ रुपैयाँ २० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको यस फाइनान्सको शेयर, यस साता ३३५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

 

सपोर्ट जोनमा

यस साता फाइनान्सको शेयरमूल्य सपोर्ट जोनमा रहेको छ। हालको लागि फाइनान्सको सपोर्ट जोन ३३५ देखि ३४५ सम्म रहेको छ। आगामी साता फाइनान्सको शेयरमूल्य बढेमा ३८० देखि ३९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

मूल्य बढ्ने संकेत

साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश रिभर्सल मैनबत्ती हो। यसले आगामी दिनमा फाइनान्सको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले फाइनान्सको शेयरमूल्यमा हालसम्म ५ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ सिग्नलहरु सफल भइसकेका छन् भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय यसै साता मात्र मेरोलगानी एआईले सिग्नल दिएको थियो। जुन हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ।

बलियो भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा ८५ हजार १३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम ५९ हजार २०६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४३.५८ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडी अनुसार फाइनान्सको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, फाइनान्सको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।

ओभरबट जोनमा

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सको खुद नाफा ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकहरुको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५ करोड ४७ लाख रुपैयाँबाट घटेर १ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। पुस मसान्तसम्ममा फाइनान्सको सञ्चालन मुनाफा ६ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३९ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
असोज मसान्तसम्ममा ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको रिटेन्ड अर्निङ्ग ३९ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोषमा ११ करोड ७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा फाइनान्सले ४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पहिलो त्रैमाससम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ६६ रुपैयाँ १० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको प्राइस टु बुकभ्यालु रेशियो ५.०७ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको ८४ लाख ८१ हजार ६० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता ३३५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण २ अर्ब ८४ करोड २८ लाख ५१ हजार ३१२ रुपैयाँ रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ३१५ रुपैयाँ १ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ४६५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २६९ रुपैयाँ १० पैसा रहेको छ।

न्यूट्रल जोन

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले न्यूट्रल जोनमा रहेको छ।

५८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५८ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको २८ हजार ७५९ कित्ता खरिद गरेको छ भने २१ हजार ८६७ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४५ ले करिब १९ हजार कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ३८ ले करिब १७ हजार कित्ता शेयर बिक्री गरेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।