Ipo.aspx merolagani - निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, साढे ५ अर्ब नाघ्यो कारोबार रकम

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, साढे ५ अर्ब नाघ्यो कारोबार रकम

Jan 30, 2024 03:10 PM Merolagani

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

नेप्से निरन्तर उकालो लागेपछि भोल्यूम पनि बढ्दै गएको छ। यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम करिब २१ करोड पुगेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।