Ipo.aspx merolagani - नेप्से र कारोबार रकम दुबै घट्यो

नेप्से र कारोबार रकम दुबै घट्यो

Feb 01, 2024 03:10 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ३०.९२ अंक घटेर २०६७.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०९ स्टकको ८० हजार पटकको कारोबारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.४२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन मिड सोलु हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

Feb 01, 2024 06:18 AM

नेपाल धितोपत्र बोर्डले ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्‍यो।