Ipo.aspx merolagani - एनटिसीको मूल्य बढेपछि बढ्यो नेप्से

एनटिसीको मूल्य बढेपछि बढ्यो नेप्से

Feb 05, 2024 03:10 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको नेप्से, अन्तिम समयमा हाइ क्याप कम्पनीमध्ये एक एनटिसी अर्थात नेपाल टेलिकमको शेयरमूल्य बढेसँगै बढेको हो।

सोमबार नेप्से परिसूचक १४.५७ अंक बढेर २०७६.२७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ५६ हजार ७७५ पटकको कारोबारमा २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल टेलिकम, पिपुल्स पावर र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ६.७८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको करिब साढे १५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

comments powered by Disqus

आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

Feb 01, 2024 06:18 AM

नेपाल धितोपत्र बोर्डले ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्‍यो।