Ipo.aspx merolagani - सानिमा लाइफको खुद बीमाशुल्क एक अर्ब माथि, नाफा पनि करिब ७० प्रतिशतले बढ्यो

सानिमा लाइफको खुद बीमाशुल्क एक अर्ब माथि, नाफा पनि करिब ७० प्रतिशतले बढ्यो

Feb 10, 2022 11:44 AM Merolagani

सानिमा लाइफ इन्स्योरेन्स (SLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा एक अर्ब १६ करोड २१ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २१.५२ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ११ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा पनि ६९.३६ प्रतिशतले बढेर ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ।

यस अवधिमा इन्स्योरेन्सले कुल १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। एक हजार २४२ वटा दाबी बापत १३ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।