चालु आर्थिक वर्षको पहिलो ६ महिनामा इन्स्योरेन्सले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ११.२० प्रतिशत बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी २१.८८ प्रतिशत बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी २२.३१ प्रतिशत बढेको छ भने कुल खर्च १८.२८ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ ६४ पैसा बढेर ११ रुपैयाँ ७४ पैसा पुगेको छ। पुस मसान्तसम्म इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.२९ गुणा रहेको छ।
४ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १५ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८५ करोड २ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ३६ लाख रुपैयाँ रहेको छ।
