Ipo.aspx merolagani - नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, ईपीएस कति?

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, ईपीएस कति?

Feb 12, 2022 09:32 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.६४ प्रतिशत कम हो। गत आर्थिक वर्षको साही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।

इन्स्योरेन्सले शेयर लगानी नोक्सानी बापत १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ५.९८ प्रतिशत बढेर १८ अर्ब ११ करोड ३ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार ७१४ दाबीबापत ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको जगेडा कोष ६६.३६ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष २३.२५ प्रतिशत र महाविपत्ती कोष २०.१७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा रहेको छ।

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।