गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ४ करोड ८५ लाख रुपैयाँ र बीमालेख धितोमा १५ अर्ब ६४ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरी ७६ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ।
बीमांकिय मूल्यांकन अघि इन्स्योरेन्सको खुद नाफा भने ३३.५१ प्रतिशतले घटेर ७ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २३ करोड ५० लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड २० लाख रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३२ पैसा र मूल्य आम्दानी अनुपात ६२२.४३ गुणा रहेको छ।
यस अवधिमा इन्स्योरेन्सले ९ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले १० हजार २४३ वटा दाबी बापत ५ अर्ब २९ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३४ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
