Ipo.aspx merolagani - अरुण काबेलीमा बाढीको असर, विद्युत बिक्री आम्दानी घट्यो

अरुण काबेलीमा बाढीको असर, विद्युत बिक्री आम्दानी घट्यो

Aug 15, 2023 05:48 AM Merolagani

अरुण काबेली पावर लिमिटेड (AKPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.५९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९.४५ प्रतिशत घटेर ६५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। गत जेठ ३२ गते र असार २ गते रातिको अविरल वर्षापछि काबेली नदी लगायत पूर्वका सबै नदीहरुमा उच्च बाढी आई काबेली बि १ जलविद्युत आयोजनाका संरचनाहरुमा असर गरेको कम्पनीले जनाएको छ। बाढीका कारण पहिरो गई पेनस्टक पाईप बहाएको तथा बाँध क्षेत्रमा ढुंगा तथा बालुवा थुप्रेका कारण सो परियोजना बन्द भएको वित्तीय विवरणमा उल्लेख छ। सोही कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीको भनाइ छ।

आयोजनामा भएको नोक्सानीको क्षतिपूर्ति बापत ३५ करोड ८१ लाख ५३ हजार १४ रुपैयाँ बीमा रकम कम्पनीले दाबी गरेको छ। सो रकम बीमा कम्पनीबाट स्वीकृत तथा प्राप्त हुन बाँकी भएकोले यस त्रैमासमा आम्दानीको रुपमा नजनाइएको पनि कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७९ पैसा रहेको छ।

२ अर्ब ४ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ६० लाख रुपैयाँ सञ्चित छ।

 

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।