Ipo.aspx merolagani - सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

Oct 11, 2023 10:09 AM Merolagani

असोज २४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य २९७ रुपैयाँ २७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले कात्तिक २३ गते, बिहीबार, बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सो सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।