Ipo.aspx merolagani - नेप्सेमा वृद्धि जारी, कारोबार रकम भने घट्यो

नेप्सेमा वृद्धि जारी, कारोबार रकम भने घट्यो

Jan 10, 2024 03:14 PM Merolagani

बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। गत सोमबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ९.५० अंक बढेर २०८९.६२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०१ स्टकको ९२ हजार ६०२ पटकको कारोबारमा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अन्य २ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५(९५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

अझै पनि बिग मर्जर नै गर्ने तयारीमा वाणिज्य बैंकहरु, यी ६ बैंकले पारित गरे मर्जरका एजेन्डा

Jan 17, 2024 06:16 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।