Ipo.aspx merolagani - ३ दिनको वृद्धिपछि झिनो अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

३ दिनको वृद्धिपछि झिनो अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Jan 11, 2024 03:15 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि बढेको नेप्से, यस दिन भने झिनो अंक घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ०.६२ अंक घटेर २०८८.९९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन नेप्से घटेपनि ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो यस दिन ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य सर्वाधिक ९.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

comments powered by Disqus

अझै पनि बिग मर्जर नै गर्ने तयारीमा वाणिज्य बैंकहरु, यी ६ बैंकले पारित गरे मर्जरका एजेन्डा

Jan 17, 2024 06:16 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।