Ipo.aspx merolagani - सामान्य बढ्यो रिलायबल नेपाल लाइफको खुद नाफा, प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो रिलायबल नेपाल लाइफको खुद नाफा, प्रतिशेयर आम्दानी भने घट्यो

Feb 06, 2024 09:01 AM Merolagani

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.७४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २१.७८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.७९ प्रतिशत र कुल खर्च १३.६८ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा रहेको छ।

४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५ करोड ५६ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।