Ipo.aspx merolagani - खुद बीमाशुल्कसँगै बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

खुद बीमाशुल्कसँगै बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

Feb 05, 2024 12:44 PM Merolagani

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.९३ प्रतिशत बढी हो।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६३.५९ प्रतिशत बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने खुद दाबी भुक्तानी ७८.५५ प्रतिशत बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा ६७.५८ प्रतिशत बढेको छ भने कुल खर्च ७०.३२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २ पैसा बढेर १० रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५१.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेको छ।

४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३३ करोड १३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।