Ipo.aspx merolagani - सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य घट्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य घट्यो

Feb 04, 2024 12:49 PM Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पन लिमिटेड (SNLI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.१३ प्रतिशत घटेको छ भने कुल आम्दानी ९.८१ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १९.०९ प्रतिशत र कुल खर्च १३.८२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ रुपेयाँ ७ पैसा घटेर २० रुपैयाँ ५३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २८.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा रहेको छ।

३ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ७ करोड रुपैयाँ र अन्य इक्विटीमा ३१ कराड ९० लाख रुपैयाँ रहेको छ।

 

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।