चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.९९ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २८ पैसा बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५९.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ।
५ अर्ब १ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६० करोड १८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ रहेको छ।
