Ipo.aspx merolagani - ६ कारोबार दिन करिब ११२ अंक घट्यो नेप्से

६ कारोबार दिन करिब ११२ अंक घट्यो नेप्से

Jan 02, 2024 03:20 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिनसहित पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अंक घटेको छ।

मंगलबार नेप्से परिसूचक ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८५ हजार ४३५ पटकको कारोबारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चिरख्वा हाइड्रोपावर, मृक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य ९.९६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सका करिब १५ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको शेयर निष्कासन कानुन विपरीत भएको लेखा समितिकाे ठहर, तत्काल सच्याउन प्राधिकरणलाई निर्देशन, अब के होला ?

Dec 29, 2023 03:00 PM

हिमालयन रि इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर कानुन विपरीत रहेको ठहर सार्वजनिक लेखा समितिले गरेको छ। कानुन विपरीत शेयर निष्कासन भएकोले तत्काल त्यसलाई सच्याउन समेत समितिले प्राधिकरणलाई निर्देशन दिएको छ।