Ipo.aspx merolagani - ६ कारोबार दिनपछि बढ्यो नेप्से

६ कारोबार दिनपछि बढ्यो नेप्से

Jan 03, 2024 03:13 PM Merolagani

पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, बुधबार भने बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय सुस्त रहेको नेप्से, अन्तिम १ घण्टामा खरिदकर्ता हाबी भएपछि बढेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक २७.९० अंक बढेर २०५८.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ४ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल वेयर हाउजिङ्ग, सनराइज फोकस्ड इक्विटी फण्ड र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने आइएमई लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दाब ढी बढेको छ भने विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको शेयर निष्कासन कानुन विपरीत भएको लेखा समितिकाे ठहर, तत्काल सच्याउन प्राधिकरणलाई निर्देशन, अब के होला ?

Dec 29, 2023 03:00 PM

हिमालयन रि इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर कानुन विपरीत रहेको ठहर सार्वजनिक लेखा समितिले गरेको छ। कानुन विपरीत शेयर निष्कासन भएकोले तत्काल त्यसलाई सच्याउन समेत समितिले प्राधिकरणलाई निर्देशन दिएको छ।