Ipo.aspx merolagani - शेयर बजारमा पुस मसान्तको प्रभाव

शेयर बजारमा पुस मसान्तको प्रभाव

Jan 07, 2024 03:17 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन बजारमा पुस मसान्तको प्रभाव देखिएको हो। त्रैमासको अन्त्य नजिकिँदै गर्दा लगानीकर्ताहरुले कर्जा रकम जोहो गर्न शेयर बिक्री गर्न थालेपछि यस दिन बजारमा सेलिङ्ग प्रेशर देखिएको हो। हरेक त्रैमासको अन्त्यमा बजारमा यस्तै प्रेशर देखिने गरिन्छ।

आइतबार नेप्से परिसूचक २६.३६ अंक घटेर २०२२.९२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ९८ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अन्य ५ स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मानुषी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र शुभम पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्टको करिब २० करोडको शेयर कारोबार भएको छ भने माउन्टेन इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक यस दिन १.०३ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।