Ipo.aspx merolagani - तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन

Jan 03, 2024 06:25 AM Merolagani

पुस १८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन जीवन विकास लघुवित्त, युनिभर्सल पावर कम्पनी र कालिका पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस, युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस र कालिका पावरको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात जीवन विकास लघुवित्तको शेयरमूल्य १ हजार ३२२ रुपैयाँ २ पैसा कायम भएको छ भने युनिभर्सलको २०१ रुपैयाँ ७५ पैसा र कालिका पावरको ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ५०७ रुपैयाँ १० पैसा, युनिभर्सलको २१९ रुपैयाँ र कालिकाको ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यूनिभर्सल पावर (UPCL) ले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ः१५ बजे वेबिनार मार्फत शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, कालिका पावर (KPCL) ले पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, जीवन विकास लघुवित्त (JBLB) ले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।